lumbini province

काँग्रेसको क्षेत्रीय अधिवेशन : रुपन्देही–५ मा सर्वसम्मत, अन्य क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा access_timeमंसिर ६, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही लगायत विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन हुँदैछ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधि छनौटका लागि ४ वटा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । जिल्लाक...

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य access_timeमंसिर १, २०७८

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन आज बुधवार राती १२ बजेबाट अन्त्य भएको हो ।  प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गरी नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएको छ । प्रदेश प्रमुख  अमिक श...

लुम्बिनी प्रदेश : प्रतिपक्षबिना नै प्रदेशसभा धमाधम चल्दै access_timeकात्तिक १४, २०७८

प्रमुख प्रतिपक्ष नेकपा एमालेले बहिष्कार गरे पनि लुम्बिनी प्रदेशसभाको बैठक धमाधम अगाडि बढाइएको छ । लामो समयदेखि एमालेले आफ्ना माग पूरा नभएको भन्दै लुम्बिनी प्रदेशसभा बैठकमा नाराबाजी गरे पनि पछिल्ला दिनमा बैठक धमाधम चलाउन थालिएको छ । आइतबार जीवनाशक विषादी नियमन ...

लुम्बिनी प्रदेश सरकारले आफू निकटका सञ्चार गृहलाई बजेट वितरण गरेको आरोप access_timeकात्तिक ५, २०७८

लुम्बिनी प्रदेश सरकारले आफूनिकट व्यक्तिका सञ्चार गृहहरूलाई मनोमानी ढङ्गबाट बजेट वितरण गरेको भन्दै प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाजले तोक आदेशको भरमा बजेट वितरण गरी निजी सञ्चार माध्यमका घर बनाउने, पर्खालले ...

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? access_timeअसोज २४, २०७८

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका ...

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, काँग्रेस र माओवादीले टुंग्याए मन्त्रीको नाम access_timeअसोज २४, २०७८

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।  गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए । नेपाली काँग्रेस...

लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट access_timeअसोज २०, २०७८

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका छन् । यस क्रममा उनले चालु आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको व्यवस्था गरेका छन् । प्रदेशमा नयाँ सरकार गठन भएको र नयाँ सरकारको ...

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी access_timeअसोज २०, २०७८

लुम्बिनी प्रदेशसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बैठकको शुरुमै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्र...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : यस्ता छन् ९ निर्णय access_timeअसोज १४, २०७८

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद  बैठकले ९ वटा निर्णय गरेको हो । जसमा गाउँपालिका केन्द्र परिवर्तन गर्न सरकारलाई प्रस्ताव गर्नेदेखि  कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्ती सम्मका निर्णय रहेका छन् ...

लुम्बिनी प्रदेशबाट को–कसले पाए पदक, यस्तो छ उनीहरुको योगदान (सूचीसहित) access_timeअसोज ३, २०७८

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकका अनुसार प्रदेश प्रमुख जनसेवा पदक ७ जनालाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै, म...

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन access_timeभदौ १७, २०७८

आजका लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले) को अवरोधक...

लुम्बिनी प्रदेशमा थपिए मन्त्रालय, अब १३ मन्त्रालय रहने access_timeभदौ १३, २०७८

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मन्त्रालयको संख्या थप गर्ने निर्णय गरेको हो । अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; आर्थिक मामिला तथा सहकारी मन्त्रालय; आन्तरिक मामिला तथा सञ्चार मन्...

लुम्बिनी प्रदेश : विश्वासको मतसम्बन्धी प्रस्तावमाथि तीन दलले मात्र छलफलमा भाग लिए, जसपा मौन access_timeभदौ ७, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि तीन वटा दलले छलफलमा भाग लिएका छन् । प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहे पनि मुख्यमन्त्रीले पेस गरेको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेक...

लुम्बिनीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, विपक्षी बेन्चमा एक जनामात्र सांसद access_timeभदौ ७, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा ...

लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन access_timeभदौ ७, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको जनाएको छ । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफ...

लुम्बिनीका दुई सांसदको पद 'जोगाएपछि' एमालेले माग्यो सभामुखको राजीनामा access_timeभदौ ६, २०७८

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोशित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्यद्वय...

लुम्बिनी प्रदेशसभा बैठक स्थगित access_timeभदौ ३, २०७८

लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक भदौ ७ गते सम्मका लागि स्थगित भएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशनअनुसार भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा सचिव...

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने access_timeसाउन ३०, २०७८

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा विशेष अधिवेशन शुक्रबार अन्त्य  भएको थियो  । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्र...

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने access_timeसाउन २९, २०७८

लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।  यस्तै सरकार...

लुम्बिनी प्रदेश : नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका आठ निर्णय access_timeसाउन २८, २०७८

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपछि प्रदेश मन्त्रि...

Page 1 of 3