maoist

माओवादीद्वारा निर्वाचनलक्षित तेस्रो विशेष परिपत्र जारी, उम्मेदवार छनौटमा नयाँ मापदण्ड access_timeचैत १९, २०७८

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित तेश्रो परिपत्र जारी गरेको छ । शुक्रबार सो पार्टीले तेश्रो विशेष परिपत्र जारी गरेको हो । आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिइएको छ । बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठक...

एमाले र माओवादी केन्द्रका सात नेता चीनमा access_timeचैत ११, २०७८

वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ ।  एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार ची...

माओवादीको गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण, मतदानबाट टुंगियो पद access_timeचैत १०, २०७८

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुङ्ग्याएका हुन् । सर्वसम्मत प्रयास गर्दासमेत पार नलागे...

माओवादीका तीन आयोगको संयुक्त बैठक access_timeचैत ९, २०७८

नेकपा माओवादी केन्द्रका तीनवटा पार्टी केन्द्रीय आयोगको संयुक्त बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् । संयुक्त अन्तरक्रियात्मक बैठक अध्यक्ष पुष्...

माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे access_timeफागुन २५, २०७८

माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन्। एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी न...

माओवादी बैठक : हलमै सिनियरको विवाद हुँदा प्रचण्ड ‘ब्याक’ access_timeफागुन २३, २०७८

नेकपा माओवादी केन्द्रलाई आन्तरिक कलह व्यवस्थापनमा सकस भएको छ । पार्टीभित्र देखिएको शक्ति संघर्ष र फरक मत सम्बोधन गर्दै केन्द्रीय कमिटी विस्तार, पदाधिकारी चयन लगायतमा सकस बढेको हो । परिणामस्वरुप सोमबार केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न सकेन । यद्यपि माओवादी क...

माओवादी नेताको कार्यविभाजन हुने, केन्द्रीय समिति सदस्यको नाममा विवाद access_timeफागुन २३, २०७८

नेकपा माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन गरिने भएको छ । पार्टी स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने भएपछि तत्कालका लागि पदाधिकारी चयन नगर्ने तर कार्यविभाजन गरेर जाने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।  माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले हाललाई नेताहर...

माओवादी पदाधिकारी, स्थायी र पोलिटब्युरो गठन गर्न असफल access_timeफागुन २३, २०७८

पार्टीका महत्वपूर्ण अंग मानिने कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्र असफल भएको छ । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो । महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल द...

एमसीसीबारे माओवादीको निर्णयमा तीन नेताको नोट अफ डिसेन्ट access_timeफागुन २३, २०७८

नेकपा माओवादी केन्द्रले गरेको एम्सीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् ।  सो नोट अफ डिसेन्टबारे अध्यक्...

एमसीसी र पदाधिकारी चयनबारे के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ? access_timeफागुन २०, २०७८

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसद...

माओवादी केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डा access_timeफागुन २०, २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरिएको छ ।   जसअनुसार श्रद्धाञ्जलीपछि अध्यक्षबाट रिपोर्टिङको एजेण्डा राखिएको छ । माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा...

माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो access_timeफागुन २०, २०७८

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।   एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बै...

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु access_timeफागुन ११, २०७८

नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।   काठमाडौंमा बुद्ध नगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।  पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।   

केन्द्रको स्वार्थले लुम्बिनीमा माओवादी पदाधिकारी चयनमा सकस access_timeमाघ २०, २०७८

दुई महिनादेखि रोकिएको नेकपा माओवादी लुम्बिनी प्रदेशको पदाधिकारीहरू फागुनको पहिलो हप्ता भित्र टुङ्ग्याउने तयारी गरिएको छ । पदाधिकारीहरूमा धेरै आकाङ्क्षी भएपछि दाङको भालुबाङमा मङ्सिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी मात्रै चयन गरेको थियो...

माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय access_timeमाघ ९, २०७८

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो ।  पुस ११ देखि १८...

माओवादी केन्द्रको बैठक: जनपरिचालनका कामहरुको जिम्मा प्रचण्डलाई, यस्ता छन् अन्य निर्णय access_timeमाघ ८, २०७८

नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।  शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थ...

पदाधिकारी चयन गर्न बोलाएको माओवादी बैठक कोरोनाले स्थगित access_timeपुस २३, २०७८

नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । ‘केही नेताहरुमा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु access_timeपुस १८, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक ...

माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै access_timeपुस १८, २०७८

नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन ग...

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास access_timeपुस १७, २०७८

पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्...

Page 1 of 6