movie

फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’ access_timeपुस २, २०७८

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले च...

सेनाको लघु चलचित्र प्रतियोगिता घोषणा access_timeमंसिर २७, २०७८

नेपाली सेनाले १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता २०७८ घोषणा गरेको छ । सेनाले प्रतियोगितामा सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरेर तयार भएका रचनात्मक स्क्रिप्ट छनौट गर्नेछ ।  २०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको ...

१९ औं किम्फमा २८ देशका ६० चलचित्र प्रदर्शन access_timeमंसिर १९, २०७८

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले अवार्डको विभिन्न पक्ष जानकारी गराएको छ । वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशक...

फ्राइडे रिलिज : एक नेपालीसहित तीन फिल्म access_timeमंसिर १७, २०७८

आज शुक्रबारबाट नेपाली ‘ओभरडोज’ सहित एक हिन्दी र एक अङ्ग्रेजी गरेर तीन फिल्म प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘तडप’ हिन्दी र ‘इनकान्टो’ अङ्ग्रेजी रहेको छ । यी तीनमध्ये हिन्दी फिल्म ‘तडप’लाई भने देशभरका...

फिल्म ‘मन्त्र’ २८ माघमा रिलिज हुने access_timeमंसिर १३, २०७८

फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् । गोर्खा सिरानचोक एण्ड लिगल...

काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु access_timeमंसिर १०, २०७८

काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिहिबारबाट साँझ होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री आलेले इजरायली फिल्म निर्मातालाई नेपालको मनोहर द...

‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने access_timeकात्तिक २८, २०७८

समिर जोशीको निर्देशनमा  सत्य कथामा आधारित टेलिश्रृखंला ‘मेरो एउटा प्रेमकथा’ बन्ने भएको छ । आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित रहेर शृंखला तयार गरिने जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्...

शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना access_timeकात्तिक ५, २०७८

​दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा ...

बाबु-छोरीको कथामा फिल्म ‘छोरी’ access_timeअसोज ११, २०७८

बसन्त पोखरेलको लेखन तथा निर्देशनमा सट फिल्म ‘छोरी’ तयार भएको छ । पैसा प्रशस्त भएपनि अमेरिकाबाट दसैँ, तिहार, तीज जस्ता पर्व मनाउन नपाएकी एउटी छोरी र सम्पत्ति भएपनि सन्तान र आफन्त टाढा भएका एक बुवाको कथा फिल्मले देखाउन खोजेको छ ।  १५ मिनेटको फिल्म...

टिजर सार्वजनिक गर्दै ‘टुल्की’ ले थाल्यो प्रचार access_timeभदौ ३०, २०७८

फिल्म हल सञ्चालनमा आउने भएपछि निर्माता निर्देशक फिल्म प्रचार प्रसारमा समेत जुट्न थालेका छन् । यस्तैमा फिल्म ‘टुल्की’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका केही मह...

एक महिनाको अध्ययन, दुई हप्तामा फिल्म ! access_timeभदौ २७, २०७८

एक महिना फिल्म पढेका व्यक्तिले दुई हप्तामा फिल्म बनाएर दिन्छन् भन्ने कुरो जो कोहीका लागि पनि पत्याउन गाह्रो पर्दछ । तर किपालय प्रडक्सन र  प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिके...

‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त access_timeभदौ २५, २०७८

फिल्म ‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त गरिएको छ  । गोविन्द गौतमको निर्देशन रहने फिल्मको शुक्रबार मकवानपुरको चैनपुर राक्सिराङमा एक कार्यक्रमका बीच मुहूर्त गरिएको हो । चेपाङ समुदायको कथामा निर्माण हुन लागेको फिल्म निर्देशक गौतमले नै लेखेका ...

सकियो ‘हिँड्दा हिँड्दै’ को छायाँकन access_timeभदौ १६, २०७८

प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत क...

‘डाँडाको बर पीपल’ फ्लोरमा लाँदै शोभित access_timeसाउन १०, २०७८

निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको बर पीपल’ को छायाँकन सुरु गर्ने भएका छन् । कोरोनाको दोस्रो भेरियन्टका कारण सरकारले लगाएको निषेधाज्ञाले छायाँकन रोकिएको यो फिल्म बस्नेतले फेरि सुरु गर्न लागेका हुन् । १ भदौबाट फिल्मको छायाँकन सुरु हुने शोभितले बताए ।...

फिल्म ‘द आर्टिष्ट’ सार्वजनिक access_timeअसार १५, २०७८

कोरोनाको कारण फिल्म हल बन्द भएकोले केही फिल्म डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिएका छन् ।  यस्तैमा फिल्म ‘द आर्टिष्ट’ समेत नेट टिभीमा रिलिज गरिएको छ । जीवन शाहीको निर्देशन रहेको फिल्मका निर्माता टीकाध्वज थापा ‘रमेश’ हुन् । कोरोना भाइरसको स...

यी हुन् निषेधाज्ञाले फ्लोरमै रोकिएका फिल्म access_timeअसार ९, २०७८

निषेधाज्ञा केही खुकुलो भएसँगै म्युजिक भिडियोका छायाँकन फाट्टफुट्ट सुरु हुन थालेका छन् । थोरै युनिटबाट काम गर्न सकिने भएकोले पनि त्यो सम्भव भएको हो । तर फिल्मको छायाँकन भने कहिले सुरु हुन्छ यसै भन्न सकिने अवस्था छैन । नयाँ फिल्म त कुरै छाडौं निषेधाज्ञाले छायाँकन...

‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सम्पन्न access_timeजेठ ७, २०७८

फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सकिएको छ । निषेधाज्ञा अगाडि फिल्म फ्लोरमै थियो । निषेधाज्ञा जारी भएपछि फिल्मको छायाँकन रोकिएको कलाकार दिनेश खड्काले बताए । ‘केही दिनको मात्र छायाँकन बाकी रहेको थियो’ खड्काले भने ‘महामा...

चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’ access_timeजेठ ६, २०७८

अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो । ओएसआरले फिल्म आफ्नो युट्युवबाट सार्वजनिक गरेको थियो । फिल्मको अन्य फिल्म...

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई चलचित्र ‘तिम्रो मेरो साथ’ को सहयोग access_timeजेठ ५, २०७८

काठमाडौंँ । चलचित्र ‘तिम्रो मेरो साथ’ का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय पत्रकारको स्वास्थ्य सुरक्षाका लागि भन्दै उक्त रकम प्रदान...

मदर्स डे स्पेशल : बलिउडका यी फिल्ममा देख्न सकिन्छ आमाको प्रेम access_timeबैशाख २८, २०७८

मुम्बई । भनिन्छ, भगवान हरेक स्थानमा पुग्न सक्दैनन् । त्यसैले उनले आमा बनाएका हुन् । हुन पनि हो बच्चालाई चोट लाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द हो  आमा । आमा शब्द मुखबाट निस्कने बित्तिकै एक किसिमको अनौठो सुखको अनुभूति हुने गर्दछ । सोही कारण पनि आमा र बच्चाको...

Page 1 of 2