केन्द्रीय संस्करण

nirbhaya

निर्भयाका दोषीलाई फाँसी दिएपछि बलिउड सेलिब्रिटीको प्रतिक्रियाः भने, ‘न्याय पाइयो’ access_timeचैत ७, २०७६

८ वर्षपछि निर्भयाले न्याय पाएकी छिन् । निर्भयाका चारै दोषीलाई शुक्रबार बिहानै साढै ५ बजे तिहाड जेलमा मृत्युदण्ड दिइएको छ । यसका कारण भारतभरी खुसीको लहर छ र निर्भयाकी आमाले सन्तुष्टि पाएकी छिन् । निर्भयाका आन्दोलनका बेला बलिउडका थुप्रै हस्तीले आफ्नो आवाज उठाएका थिए । अब...

निर्भयाका दोषीले सुरुमा नुहाए, त्यसपछि नास्ता दिइयोः चारैजनालाई एकैपटक दिइयो फाँसी access_timeचैत ७, २०७६

१६ डिसेम्बर २०१२... दिल्लीको सडकमा राती गुडिरहेको बसभित्र निर्भयामाथि ६ व्यक्तिले सामूहिक बलात्कार गरे । यी ६ व्यक्तिमध्ये राम सिहंकले जेलभित्रै आत्महत्या गरे । उनी बसका ड्राइभर थिए र मुख्य आरोपी थिए । एक नाबालिक थिए जसले ३ वर्षको जेल सजाय काटेर २० डिसेम्बर २०१५ मा रिह...

फाँसीअघि विनयले फेरेनन् कपडाः रुँदै मागे माफी access_timeचैत ७, २०७६

दिल्लीको सडकमा करिब सात वर्ष अघि निर्भयामाथि सामूहिक बलात्कार गर्ने चारै दोषीलाई मृत्युदण्ड दिइएको छ । विभिन्न कानूनी अड्चनबीच उनीहरुलाई शुक्रबार बिहानै फाँसी दिइयो । तिहाड जेलबाहिर सुरक्षा कडा गर्र्द अर्धससैनिक बलका जवानलाई पनि तैनाथ गरियो । फाँसी दिनुअघि तिहाड ...

अभियुक्तले निर्भयाका सबै सामान र कपडासमेत लिएर गएका थिए, कसैले फोन राखे त कसैले जुत्ता–घडी access_timeचैत ७, २०७६

निर्भयाका अभियुक्तले उनीमाथि यतिसम्मको कुकृत्य गरेका थिए कि उनीहरुले उनको कपडासमेत फुकालेर लिएर गएका थिए । पछि त्यही कपडाले उनीहरुले बस पनि सफा गरे । त्यसपछि उनीहरुले कपडा जलाए । यतिमात्रै होइन, दोषीले निर्भया र उनको साथीको सबै सामान पनि लुटेका थिए । केही सामा...

निर्भयाका चारैजना दोषीलाई दिइयो मृत्युदण्ड access_timeचैत ७, २०७६

सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो । ...

निर्भयाका दोषीलाई शुक्रबार दिइएला मृत्युदण्ड ? जल्लादले बताए भित्र के–के हुन्छ access_timeचैत ६, २०७६

यदि सबैकुरा ठिक रहे मार्च २० तारिखमा निर्भयाका चारैजना दोषीलाई मृत्युदण्ड दिइनेछ । यो काम समापन गर्न पवन जल्लाद मेरठबाट दिल्ली पुगिसकेका छन् । उनी अहिले तिहाड जेलमा छन् । वास्तवमा, दिल्ली हाइकोर्टले निर्भयाका दोषी मुकेशको याचिका खारेज गरेको  छ । निर्भया...

निर्भयाका चारै दोषीको आज अन्तिम दिनः अक्षयकी श्रीमतीको ‘चलाखी’ ले पनि मृत्युदण्ड रोक्न नसक्ने access_timeचैत ६, २०७६

१६ डिसेम्बर २०१२ को रातदेखि आजसम्म ७ वर्ष ३ महिना र ३ दिन बितिसकेको छ । उनलाई बलात्कार गर्ने चारै दोषी– मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले मृत्युदण्ड रोक्न विभिन्न तरिका अपनाए र अन्तिम दिनसम्म पनि यही कसरतमा छन् । मृत्युदण्डको दुई दिनअघि मात्रै दोष...

निर्भयाका दोषी अक्षयको मृत्युदण्ड अघि श्रीमतीले सम्बन्धविच्छेद माग्दै भनिन्, ‘उसको विधवा बन्दिनँ’ access_timeचैत ५, २०७६

दिल्लीको चर्चित निर्भया काण्डका दोषी विहारको लहंगा कर्मा गाउँमा बस्ने अक्षय ठाकुरकी श्रीमतीले औरंगाबाद परिवार न्यायालयका प्रधान न्यायाधीश रामलाल शर्माको न्यायालयमा सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । कतै अक्षयलाई बचाउने षड्यन्त्र त होइन ? औरंगाबादका अधिवक्ताले सम्बन्धव...

निर्भयाका अपराधीलाई चौथो पटक डेथ वारेन्ट जारी access_timeफागुन २३, २०७६

निर्भयाका चारै दोषीलाई मृत्युदण्डको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ । यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प समाप्त भइसकेको छ ...

निर्भया काण्डः चारै दोषीको कानूनी विकल्प समाप्त, अदालतले बिहिबार जारी गर्नसक्छ अन्तिम ‘डेथ वारेन्ट’ access_timeफागुन २२, २०७६

कानूनी विकल्पको आडमा दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भयाका बलात्कार र हत्याका दोषीको सबै कानूनी विकल्प समाप्त भएका छन् । राष्ट्रपति रामनाथ कोबिन्दले बुधबार दोषी पवन गुप्ताको दया याचिका खारेज गरेका छन् । त्यसपछि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि प...

निर्भयाका दोषी पवन कुमारको क्युरेटिभ पिटिशन खारेज, अब दया याचिका मात्रै बाँकी access_timeफागुन १९, २०७६

सर्वोच्च अदालतले सोमबार निर्भयाका चार दोषीमध्ये एक पवन गुप्ताको क्यूरेटिव पिटिशन खारेज गरेको छ । पवनले मृत्युदण्डको सजायलाई जन्मकैदमा परिवर्तन गर्न आग्रह गरेका थिए । आइतबार उनका वकिल एपी सिंहले भनेका थिए, ‘यो मृत्यु दण्डको सजाय भएकोले यसको पिटिशन खुल्ला इजला...

निर्भया काण्डः दोषी पवनले भने, ‘यो मृत्युदण्डको मामला, खुल्ला इजलासमा सुनुवाई होस्’ access_timeफागुन १९, २०७६

निर्भयाको सामूहिक बलात्कार तथा हत्याको मामलामा मृत्युदण्ड पाएका दोषी पवन गुप्ताले आफ्नो क्यूरेटिव पिटीशनमाथि खुल्ला इजलासमा सुनुवाई होस् भन्दै सर्वोच्च अदालतसमक्ष माग गरेका छन् । आइतबार पवनका वकिल एपी सिंहले भने, ‘यो मुद्दा मृत्युदण्डसँग सम्बन्धित भएकोले यसको सुन...

निर्भया काण्डः दोषीलाई छुट्टा छुट्टै फाँसीको सुनुवाईका बेला न्यायाधीस बेहोस access_timeफागुन ३, २०७६

भारतीय सर्वोच्च अदालतले दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई चुनौती दिने दोषी विनय शर्माको पिटिशन खारेज गरेको छ । त्यसपछि निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाईको क्रममा न्यायाधीस आर भानुमति बेहोस भए । डायसमा बसेका अन्य न्यायाधीस र कर्...

निर्भया काण्डः नयाँ ‘डेथ वारेन्ट’ का लागि सर्वोच्च सकारात्मक, दोषीलाई छुट्टा छुट्टै फाँसी होला ? access_timeमाघ २९, २०७६

निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्र सरकार र दिल्ली सरकारको याचिकामाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि हरियो झण्डा देखाएको छ । अदालतले तिहाड प्रशासनलाई अब फाँसीको नयाँ मितिका लागि ट्रायल को...

निर्भयाका दोषीको फाँसीको विषयमा दिल्ली हाइकोर्टले बुधबार निर्णय गर्दै access_timeमाघ २२, २०७६

निर्भयाको सामूहिक बलात्कार र हत्याका दोषीको फाँसीको सजाय स्थगित भएको बारे दिल्ली हाइकोर्टले बुधबार अर्थात् आज आफ्नो निर्णय सुनाउनेछ । केन्द्र सरकार र तिहाडजेल प्रशासनले हाइकोर्टमा याचिका दर्ता गरेर पटियाला हाउसकोर्टको त्यो निर्णयलाई चुनौती दिएको छ जसमा निर्भयाका चारै दोष...

निर्भया सामूहिक बलात्कारः फाँसी हुन्छ वा हुँदैन ? access_timeमाघ २१, २०७६

निर्भया सामूहिक बलात्कारका दोषीलाई भिन्न भिन्न फाँसी दिन सकिन्छ वा सकिँदैन भन्ने विषयमा दिल्ली हाइकोर्टमा आइतबार सुनुवाई भयो । आइतबार अदालतमा छुट्टी हुन्छ तर घटनाको गम्भीरता हेर्दै छुट्टीको दिन पनि सुनुवाई भयो । त्यसपछि अदालतले आफ्नो निर्णय सुरक्षित राख्यो । यसअघि पट...

निर्भयाका दोषीको मृत्युदण्ड स्थगित भएपछि सह–महान्यायाधीवक्ताले भने, ‘यसरी नै प्रक्रियाको पालन भइरहे मुद्दा कहिल्यै टुङ्गिदैन’ access_timeमाघ १९, २०७६

भारतको केन्द्र सरकारले पटियाला हाउस कोर्टद्वारा निर्भयाका दोषीको फाँसी माथि अर्को आदेशसम्म रोक लगाउने निर्णयलाई दिल्ली हाईकोर्टमा चुनौती दिएको छ । शनिबार यसको सुनुवाईपछि हाईकोर्टले चारै दोषीसहित तिहाड जेल प्रशासन र डीजी जेललाई नोटिस पठाएको छ । अब आइतबार यसबारे सुन...

भारतीय सर्वोच्च अदालतद्वारा दोषी अक्षयको क्यूरेटिभ पिटिशन खारेज access_timeमाघ १७, २०७६

भारतीय सर्वोच्च अदालतले निर्भयाका दोषी अक्षयको क्यूरेटिभ पिटिशन बिहिबार खारेज गरेको छ । उनले न्यायाधीस एनवी रमनाको अध्यक्षता भएको पाँच न्यायाधीसको बेन्चलाई फाँसीको सजायलाई जन्मकैदमा परिवर्तन गरिदिन माग गरेका थिए । सर्वोच्च अदालतले गत वर्ष डिसेम्बरमा उनको रिभ्यु पिटिशन ...

अब फाँसी पक्का ? निर्भयाका दोषी मुकेशको याचिका सर्वोच्च अदालतद्वारा खारेज access_timeमाघ १५, २०७६

निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेको छ । राष्ट्रपति रामनाथ कोबिन्दले जनवरी १७ तारिखमा मुकेशको दया याचिका अस्विकार गरेपछि जनवरी १९ तारिखमा यसको न्यायिक समीक्षाको माग गरिएको थियो । दोषी अक्षय ठाकुरल...

निर्भयाका दोषी मुकेशले भने, ‘जेलभित्र यौन शोषण भयो, कुटे पनि’ access_timeमाघ १५, २०७६

दया याचिका खारेज भएपछि निर्भयाका दोषी मुकेशको न्यायिक समीक्षाको याचिकामाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाई भयो । न्यायाधीस आर भानुमती, अशोक भूषण र एएस बोपन्नाको बेन्चलाई मुकेशकी वकिल अञ्जना प्रकाशले दया याचिका खारेज गर्नेबेला दिमाग लगाउनुपर्दथ्यो भन्ने बयान दिएक...

Page 1 of 2