cover-story
San Francisco Bay Area

सान फ्रान्सिस्को बे एरिया स्टेडियम (लेभिस स्टेडियम)

यहाँ ६ खेलहरू हुनेछन्। खुला प्रकारको र स्थायी प्राकृतिक घाँस रहेको यसको क्षमता ६९,३९१ छ। 

सन् २०१४ मा खुलेको यो मैदानमा जुन महिनाको औसत तापक्रम २४ डिग्री सेल्सियस रहन्छ। फोर्टिनाइनर्सको घरेलु मैदान रहेको यो रंगशाला सान फ्रान्सिस्कोबाट ३५ माइल दक्षिण-पूर्वमा सिलिकन भ्यालीको मुटुमा अवस्थित छ। १.३ अर्ब डलर लागतमा बनेको यो रंगशाला मुख्यतया खुला छ, जसले गर्दा दर्शकहरूले घामपानीको सामना गर्नुपर्छ। 

नजिकै सान जोस विमानस्थल रहेकाले भवनको उचाइमा प्रतिबन्ध छ, जसका कारण छाना वा छायाको व्यवस्था गर्न सम्भव छैन। विश्वकपको समयमा गर्मीले विशेष गरी पूर्वी भागका दर्शकलाई असर गर्न सक्छ। 

सन् २०२५ को गर्मीयाममा २० करोड डलर खर्च गरेर यसको ढल निकास र हावा आवतजावत प्रणाली सुधार गरिएको छ भने फिफाको मापदण्ड अनुसार पिच बनाउन कुनाका सिटहरू मिलाइएको छ। सन् २०२६ को विश्वकपसँगै यसले फेब्रुअरीमा आफ्नो दोस्रो सुपर बाउल आयोजना गर्दैछ।