यहाँ ८ खेलहरू हुनेछन्। खुला प्रकारको र अस्थायी प्राकृतिक घाँसको पिच रहेको यसको क्षमता ७८,५७६ छ। यो सन् २०१० मा खुलेको हो।
यस विश्वकपमा सबैभन्दा ठूलो क्षमता रहेको यस विशाल रंगशालाले डलासलाई पछि पार्दै विश्वकपको फाइनल खेल आयोजना गर्ने अवसर पाएको छ। यो न्यु जर्सीको इस्ट रदरफोर्डमा अवस्थित छ तर म्यानहट्टनबाट जम्मा ५ माइलको दूरीमा भएकाले फिफाले यसको नाम 'न्युयोर्क न्यु जर्सी स्टेडियम' राखेको हो।
१.६ अर्ब डलरमा बनेको यस रंगशालामा बजेट अभावका कारण बन्द गर्न मिल्ने छाना बनाउने योजना रद्द गरिएको थियो। यहाँको कृत्रिम घाँसको पिचको भने खराब छवि छ, जहाँ धेरै खेलाडीहरू गम्भीर घाइते भएका छन्।
सेप्टेम्बरमा जाइन्ट्सका मलिक नाबर्सको घुँडाको लिगामेन्ट च्यातिएपछि उनी ‘मेटलाइफ कर्स’ को पछिल्लो शिकार बनेका थिए। धेरै खेलाडी र प्रशिक्षकहरू प्राकृतिक घाँस सुरक्षित हुने मान्छन्, तर विश्वकपको लागि बिछ्याइने अस्थायी प्राकृतिक पिचलाई प्रतियोगितापछि राख्ने कुनै योजना छैन।