अन्तर्राष्ट्रिय बिक्री कारोबार बापत २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय फर्म कम्पनीसँगको कारोबारका आधारमा २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न पाउने व्यवस्था गरेको छ ।
नेपाली वा विदेशी नागरिकले नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका प्राप्त हुने रकम फिर्ता नहुने गरी विदेशी नागरिक वा कम्पनीबाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत वेनेफिसियरीको खातामा सिधै २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको हो ।
यस्तो व्यवस्था यसअघि १५ लाख रुपैयाँसम्म मात्र आयात गर्न सकिन्थ्यो ।
तथापि, यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरु लिएको हुनुपर्नेछ र त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र केन्द्रीय बैंकको सम्बन्धित विभागमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण