अभ्यास खेलमा नेपालको निरीह ब्याटिङ
काठमाडौँ । अमेरिकाको भ्रमणमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका–एसँग पराजित भएको छ । मंगलबार खेलिएको एकदिवसीय खेल नेपाली टोलीले ४ विकेटले हारेको हो ।
नेपालले प्रस्तुत गरेको ८२ रनको झिनो लक्ष्य अमेरिका–ए ले २३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । सन्दीप लामिछानेले ४ विकेट लिँदै अमेरिकी टोलीलाई केही चुनौती दिए पनि हार भने जोगाउन सकेनन् । उनले ८.१ ओभर बलिङ गर्दै २७ रन मात्र खर्चिए ।
अमेरिकाका लागि नितिश रेड्डीले सर्वाधिक २९ रन बनाए भने राहुल जरिवालाले २६ रनको योगदान दिए । सञ्जय कृष्णमूर्तिले १० रन जोडे । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट हात पारे ।

खेलमा नेपालले निकै निरीह ब्याटिङ प्रदर्शन गरेको थियो । टोलीले २५.२ ओभरमा मात्र ८१ रन बनाउन सक्यो । कुशल मल्लले सर्वाधिक १८ रनको योगदान दिए भने देव खनालले १२ रन बनाए । कप्तान रोहित पौडेलले ११ रन तथा भीम सार्कीले १० रन जोडे ।
अमेरिकाका लागि आरिन नदकर्नीले ४ विकेट हात पारे । त्यस्तै, आयान देसाईले २ तथा अभिषेक पारादकर, उत्कर्ष श्रीवास्तवा र अलि शेखले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण