दुई वर्षअघिको रिसिबिको कारण लाजिम्पाटमा घरजग्गा व्यवसायीलाई हेलमेट र रड प्रहार
काठमाडौँ । काठमाडौँको लाजिम्पाट स्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भयो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामा गम्भीर घाइते भएका छन् । नेपाल भूमि रियल स्टेटका सञ्चालक लामाको ग्रिन सिटी अस्पतालमा उपचार हुँदै छ ।
आक्रमणमा संलग्न शैलेन्द्र तामाङ उर्फ मार्सललाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । ४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड र हेल्मेटले निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ ।
मार्सललाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । उनी गुन्डा नाइके सानुभाइको ‘लडाकु’ भनेर चिनिन्छन् । यसअघि पनि कुटपिट मुद्दामा पक्राउ परेर उनी छुटेका हुन् ।
बिहान ११ बजेर ५० मिनेटमा उनलाई आक्रमण गर्ने मध्येका ३ जना अझै फरार छन् । पुरानो रिसिबिका कारण उनीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुई वर्षअघि विक्रमको कारणले एकजना युवक जेल परेको भनेर रिसिबी राखेर आक्रमण गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण