लेखापढीको आवरणमा हुने दलाल प्रवृत्तिलाई अन्त्य गर्छु : सीडिओ अर्याल
वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीडिओ कार्यालयमा लेखापढीको आवरणमा हुने दलालीको कार्यलाई अन्त्य गर्ने बताएका छन् । जिल्लाको नेतृत्व सम्हालेको दोस्रो दिन पर्साका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो बताएका हुन् ।
जिल्ला प्रशासनमा आएर लेखापढीको आवरण दलाली काम गर्ने वातावरणको अन्त्य गर्ने उनको भनाई थियो । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयभित्रै राहदानी र परिचयपत्र फर्म भर्ने व्यवस्था गरिन्छ, यही परिसरमा फर्म भर्ने काम निःशुल्क हुन्छ । तर दलालीको धन्दालाई प्रोत्साहित गरिँदैन । यो वातावरणको अन्त्य नै हुनेछ ।’
जिम्मेवारी सम्हालेको एक महिनाभित्रमा प्रशासनिक निकायबाट हुने कार्यमा ‘डिजास्टर’ ल्याउने गरी काम गरिने अर्यालले बताए । आफ्नो नेतृत्वको सुरक्षा समितिले नै जिल्लामा सुशासनका क्षेत्रमा प्रभावकारी ढङ्गले काम अठोट लिएको सिडिओ अर्यालको भनाई छ ।
उनका अनुसार यसअघि बसेका जिल्लाहरूमा उत्कृष्ट काम गरेकै कारणले उत्कृष्ट कर्मचारीको सम्मान पाएको हुँ ।
‘यो जिल्लामा हरेक हिसाबले उत्कृष्ट काम गरेर देखाउनेछु,’ उनले भने । जिल्ला प्रशासन कार्यालयमा बुधवार राखिएको भेटघाटमा सिडिओ अर्यालले आफ्नो कार्यकालमा खासगरी तीन वटा काममा सुधार ल्याउने योजना रहेको सुनाए ।
पत्रकारहरूसँगको भेटघाटमा प्रजिअ अर्यालले समाजको विकृतिका कुरा उठान गरेसँगै सकारात्मक कुराहरू पनि उठान गरिदिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण