वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै
बुधबार, १४ कात्तिक २०८१, ११ : २०
सुर्खेत । प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ । त्यसका लागि आज एक सूचना जारी गरेको हो ।
उक्त सूचना अनुसार नगरपालिकाले २७ जना नगर प्रहरी करारमा भर्ना गर्न लागेको हो ।
सूचना अनुसार एक जना प्रहरी निरीक्षक, १ नगर प्रहरी नायव निरीक्षक, दुई जना (एक महिला, एक पुरुष) नगर प्रहरी सहायक निरीक्षक, तीन जना नगर प्रहरी हवलदार, दुई जना नगर प्रहरी जवान (हेभी सवारी चालक) र १८ जना नगर प्रहरी जवान समेटिने छ ।
नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, ०७९ अनुसार नगर प्रहरी भर्ना गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण