जनकपुरमा कक्षा ११ र १२ मा विद्यार्थीबाट लिएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाभित्र कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीबाट लिइएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच भएको दुई बुँदे सहमति अनुसार विद्यार्थीबाट लिइएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने भएको हो ।
जनकपुरमा नीजि कलेजहरूले गत वर्ष यो वर्ष विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने भएको हो । उक्त शुल्क फिर्ता नगरिएको खण्डमा जनकपुरधाम उपमहानगरपालिकाले कानुन अनुसार कारवाही गर्ने भएको छ ।
भर्ना भएका विद्यार्थीमा एक पटक मात्र भर्ना शुल्क लिने कानुनी प्रावधान छ । कक्षा १२ मा समेत पुनः भर्ना शुल्क लिएको पाइएको भन्दै उक्त शुल्क फिर्ता गर्नुपर्ने भएको हो । उक्त सहमतिपछि जनकपुर क्षेत्रमा दुई हजार भन्दा बढी विद्यार्थीले पैसा फिर्ता पाउने देखिएको छ ।
नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले यो सहमति ऐतिहासिक भएको बताए । नेविसंघल मेरो शिक्षा, मेरो प्रश्न अभियान सञ्चालन गर्दै आएको छ । त्यही क्रममा निजी क्याम्पसहरुले विद्यार्थीहरूसँग गैरकानुनी रूपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएको थियो । त्यसपछि नेविसंघले जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।
नेविसंघले जनकपुरधाम उपमहानगरपालिकामा निःशुल्क तथा अनिवार्य छात्रवृत्ति र शुल्क सुधार सम्बन्धि माग राखेको थियो । सोही क्रममा आज जनकपुर उपमहानगरपालिकाको मेयर र नेविसंघको प्रतिनिधि दुवै पक्षबिच सहमति भएको हो ।
छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग विभिन्न कलेजहरुले गैरकानुनी ढंगले जति रकम लिएका छन्, त्यो रकम तत्काल फिर्ता गर्ने सहमति भएको अध्यक्ष शेर्पाले बताए । अब राष्ट्रिय परीक्षा बोर्डको शुल्क र परीक्षा शुल्क बाहेक कुनै प्रकारको शुल्क लिन नपाउने अध्यक्ष शेर्पाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण