जनकपुरमा कक्षा ११ र १२ मा विद्यार्थीबाट लिएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाभित्र कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीबाट लिइएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच भएको दुई बुँदे सहमति अनुसार विद्यार्थीबाट लिइएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने भएको हो ।
जनकपुरमा नीजि कलेजहरूले गत वर्ष यो वर्ष विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने भएको हो । उक्त शुल्क फिर्ता नगरिएको खण्डमा जनकपुरधाम उपमहानगरपालिकाले कानुन अनुसार कारवाही गर्ने भएको छ ।
भर्ना भएका विद्यार्थीमा एक पटक मात्र भर्ना शुल्क लिने कानुनी प्रावधान छ । कक्षा १२ मा समेत पुनः भर्ना शुल्क लिएको पाइएको भन्दै उक्त शुल्क फिर्ता गर्नुपर्ने भएको हो । उक्त सहमतिपछि जनकपुर क्षेत्रमा दुई हजार भन्दा बढी विद्यार्थीले पैसा फिर्ता पाउने देखिएको छ ।
नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले यो सहमति ऐतिहासिक भएको बताए । नेविसंघल मेरो शिक्षा, मेरो प्रश्न अभियान सञ्चालन गर्दै आएको छ । त्यही क्रममा निजी क्याम्पसहरुले विद्यार्थीहरूसँग गैरकानुनी रूपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएको थियो । त्यसपछि नेविसंघले जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।
नेविसंघले जनकपुरधाम उपमहानगरपालिकामा निःशुल्क तथा अनिवार्य छात्रवृत्ति र शुल्क सुधार सम्बन्धि माग राखेको थियो । सोही क्रममा आज जनकपुर उपमहानगरपालिकाको मेयर र नेविसंघको प्रतिनिधि दुवै पक्षबिच सहमति भएको हो ।
छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग विभिन्न कलेजहरुले गैरकानुनी ढंगले जति रकम लिएका छन्, त्यो रकम तत्काल फिर्ता गर्ने सहमति भएको अध्यक्ष शेर्पाले बताए । अब राष्ट्रिय परीक्षा बोर्डको शुल्क र परीक्षा शुल्क बाहेक कुनै प्रकारको शुल्क लिन नपाउने अध्यक्ष शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू