कांग्रेसले पन्तलाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने
मङ्गलबार, १३ कात्तिक २०८१, १६ : १२
काठमाडौँ । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली कांग्रेसले केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको मंगलबार बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न.२ का वडा सदस्य पन्तलाई जिल्ला समन्वय समिति कैलालीको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत ‘डोटेली कान्छा’ले बताए ।
निर्णय पश्चात् उम्मेदवार पन्तलाई कांग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात् रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण