सडकमा महिलाले अभिवादन गरेपछि युवतीले गरिन् प्रेमीमाथि चक्कु प्रहार
ब्यूनोस आयर्स । सम्बन्धमा अलिअलि ईष्या त ठिकै होला । तर धेरै ईष्यालु बन्नु कहिलेकाहीँ घातक हुन सक्छ ।
अर्जेन्टिनाको ब्यूनोस आयर्स प्रान्तमा यस्तै घटना घटेको छ । एक युवतिले आफ्नो २३ वर्षीय प्रेमीमाथि चक्कु प्रहार गरेकी छिन् । सडकमा हिँडिरहेको समयमा प्रेमीलाई अर्की महिलाले अभिवादन गरेपछि ईष्यामा ती युवतिले चक्कु हानेकी थिइन् । यस क्रममा युवकले आफ्नो ज्यान नै गुमाउनु पर्यो ।
यो घटना अक्टोबर २१ को बिहान भएको भन्दै ओडिटी सेन्ट्रलले समाचार छापेको छ । घटनाको समयमा २३ वर्षका मारिआनो ग्रिन्स्पन र उनकी प्रेमिका नाताचा पालाभेसिनो हातमा हात समातेर हिँडिरहेका थिए । सडकमा दुवैले एक महिलालाई भेटे । महिला ग्रिन्स्पनकी महिला सहपाठी थिइन् । उनले ग्रिन्स्पनलाई हाईहेलो भन्दै खबर सोधिन । महिलाको यति बोली नै ती युवकको प्रेमिकालाई सन्काउन पर्याप्त थियो । उनले साथमा रहेको चक्कु झिकिन् अनि ती महिलालाई प्रहार गरिन् ।
ग्रिन्स्पनलाई अभिवादन गर्ने महिला उसको विद्यालयकी साथी थिइन् । तर उनी जे भएपनि प्रेमिकालाई कुनै मतलब थिएन । आफ्नो प्रेमीसँग कुरा गरेको देखेर उनी यति सन्किइन् कि उनलाई चक्कु हान्न पछि परिनन् । महिला भुईँमा लडिन् । अर्को प्रहार हातले नै छेकिन् । तर कुनै अपरिचितले पालाभेचिनोलाई उनीबाट छुटाउन सफल भए । तर ग्रिन्स्पनको भाग्य बलियो थिएन । ती महिलालाई मार्न नसकेको झोकमा पालाभेचिनोले आफ्नै प्रेमीको छातीमा चक्कु रोपिन् । त्यसपछि ती दुवै कयौंबेरसम्म बाझिरहेको सो क्षेत्रको सर्भिलियन्स क्यामराले देखाएको छ । यस क्रममा कयौँ पटक भुईँमा लड्दै उठ्दै पनि गरिरहे । एक पटक त उनी उठ्नै सकेनन् ।
रिसले क्रुद्ध बनेकी ३२ वर्षीय पालाभेचिनोले उनलाई हातपात गरिन् । प्रत्यक्षदर्शीहरूले आकस्मिक नम्बरमा फोन गरे । तर उनीहरूले ग्रिन्स्पनलाई बचाउन सकेनन् । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ । पूर्व प्रेमीलाई चक्कु हानेको आरोपमा सन् २०२१ मा पालाभेचिनो एक वर्षसम्म जेल परेकी थिइन् । आफूलाई धम्क्याएको अनि हातपात गरेको भन्दै ग्रिन्स्पनले पनि बारम्बार प्रहरीलाई पालाभेचिनोबारे उजुरी दिएका थिए । गएको वर्ष जुलाईमा प्रहरीले पालाभेचिनोलाई ग्रिन्स्पनसँग कुनै पनि सम्पर्क नगर्न चेतावनी जारी गरेको थियो । तर उक्त चेतावनीको म्याद सकिएपछि उनले पालाभेचिनोसँगको आफ्नो सम्बन्धलाई अर्को एउटा मौका दिने निर्णय गरे । तर यो निर्णय उनकै लागि घातक साबित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण