हिजबुल्लाहको डरले नेतान्याहुले स्थगित गरे छोराको बिहे
तेल अभिभ । इजरायल र इरानबिच भीषण युद्ध चलिरहेको छ । इजरायलले इरान समर्थित सङ्गठन हिजबुल्लाहलाई लक्षित गरी लगातार बमबारी गरिरहेको छ । तर, हिजबुल्लाहले पनि पछि हटेको छैन ।
इजरायललाई चुनौती दिँदै कडा आक्रमण गरिरहेको छ । यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह र इरानी आक्रमणको डरले छोराको विवाह स्थगित गरेको बताइएको छ ।
इजरायली मिडियाका अनुसार अव्नेर नेतान्याहुको विवाह नोभेम्बर २६ मा उत्तरी तेल अवीवको एउटा क्षेत्रमा हुने तय भएको थियो । तर नेतान्याहुले आफ्ना सहयोगीहरूलाई इजरायलद्वारा छेडिएको बहुपक्षीय युद्ध र विशेष गरी उत्तरबाट ड्रोनको खतराका कारण विवाहको आयोजना जोखिमपूर्ण हुन सक्ने बताएका छन् ।
हिजबुल्लाहका नयाँ प्रमुखले दिएका थिए चेतावनी
हिजबुल्लाह प्रमुख नइम कासिमले आफूहरू महिनौँसम्म लड्न सक्ने भएपनि आफूहरू युद्धविरामका लागि तयार रहेको बताएका छन् । बुधबार आतंकवादी संगठनको नेताको रूपमा आफ्नो पहिलो टेलिभिजन भाषणको क्रममा आफूले आतंकवादी संगठनका पूर्वनेता हसन नसरल्लाहको पाइला पछ्याउन चाहेको उनले बताए । भाषणका क्रममा उनले कैसरियामा रहेको नेतन्याहुको घरमा भएको ड्रोन आक्रमणको उल्लेख गरेका थिए । उनलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टले भनेको थियो, ‘नेतन्याहु यस पटक त बाँचे, सायद उनको समय अझै आएको छैन ।’
हिजबुल्लाहले नेतान्याहुको घरमा गरिसकेको छ आक्रमण
यही महिनाको सुरुमा नेतन्याहुको घरलाई हिजबुल्लाह ड्रोन आक्रमणमा निशाना बनाएका थिए । यस आक्रमणमा घरको सुत्ने कोठाको झ्यालमा क्षति पुगेको थियो । यी आक्रमणलाई नेतान्याहुले इरानका एजेन्टहरूलाई दोष दिएका थिए । यसलाई उनले आफू र आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास भनेका थिए । त्यति बेला समयमा गरेका कठोर गल्तीका लागि उनीहरू मूल्य चुकाउने चेतावनी पनि उनले दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण