हिजबुल्लाहको डरले नेतान्याहुले स्थगित गरे छोराको बिहे

तेल अभिभ । इजरायल र इरानबिच भीषण युद्ध चलिरहेको छ । इजरायलले इरान समर्थित सङ्गठन हिजबुल्लाहलाई लक्षित गरी लगातार बमबारी गरिरहेको छ । तर, हिजबुल्लाहले पनि पछि हटेको छैन ।
इजरायललाई चुनौती दिँदै कडा आक्रमण गरिरहेको छ । यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह र इरानी आक्रमणको डरले छोराको विवाह स्थगित गरेको बताइएको छ ।
इजरायली मिडियाका अनुसार अव्नेर नेतान्याहुको विवाह नोभेम्बर २६ मा उत्तरी तेल अवीवको एउटा क्षेत्रमा हुने तय भएको थियो । तर नेतान्याहुले आफ्ना सहयोगीहरूलाई इजरायलद्वारा छेडिएको बहुपक्षीय युद्ध र विशेष गरी उत्तरबाट ड्रोनको खतराका कारण विवाहको आयोजना जोखिमपूर्ण हुन सक्ने बताएका छन् ।
हिजबुल्लाहका नयाँ प्रमुखले दिएका थिए चेतावनी
हिजबुल्लाह प्रमुख नइम कासिमले आफूहरू महिनौँसम्म लड्न सक्ने भएपनि आफूहरू युद्धविरामका लागि तयार रहेको बताएका छन् । बुधबार आतंकवादी संगठनको नेताको रूपमा आफ्नो पहिलो टेलिभिजन भाषणको क्रममा आफूले आतंकवादी संगठनका पूर्वनेता हसन नसरल्लाहको पाइला पछ्याउन चाहेको उनले बताए । भाषणका क्रममा उनले कैसरियामा रहेको नेतन्याहुको घरमा भएको ड्रोन आक्रमणको उल्लेख गरेका थिए । उनलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टले भनेको थियो, ‘नेतन्याहु यस पटक त बाँचे, सायद उनको समय अझै आएको छैन ।’
हिजबुल्लाहले नेतान्याहुको घरमा गरिसकेको छ आक्रमण
यही महिनाको सुरुमा नेतन्याहुको घरलाई हिजबुल्लाह ड्रोन आक्रमणमा निशाना बनाएका थिए । यस आक्रमणमा घरको सुत्ने कोठाको झ्यालमा क्षति पुगेको थियो । यी आक्रमणलाई नेतान्याहुले इरानका एजेन्टहरूलाई दोष दिएका थिए । यसलाई उनले आफू र आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास भनेका थिए । त्यति बेला समयमा गरेका कठोर गल्तीका लागि उनीहरू मूल्य चुकाउने चेतावनी पनि उनले दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित