बलिउड फिल्म 'भुलभुलैया ३' लाई रोक्यो सेन्सरले, नेपालमा प्रदर्शन अनिश्चित
बिहीबार, १५ कात्तिक २०८१, ०८ : ४०
काठमाडौँ । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुल भुलैया ३’ को नेपाल प्रदर्शन अनिश्चित बनेको छ । भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई सेन्सर बोर्डले रोकिदिएपछि प्रदर्शन अनिश्चित बनेको हो ।
चलचित्रलाई हिजो मात्र सेन्सर बोर्डमा पेस गरिएको थियो । अन्तिम समयमा चलचित्र ल्याइएको र अध्ययनको लागि पर्याप्त समय नभएकोले चलचित्रको प्रदर्शन रोकिएको बोर्ड सदस्य भुपेन्द्रकुमार खड्काले रातोपाटीलाई जानकारी दिए ।
चलचित्रमा आर्यनको अलावा विद्या बालन, माधुरी दीक्षित, रुह बाबा र तृप्ति डिमरी, विजय राज र राजपाल यादव लगायतको अभिनय रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण