बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
वारपार

‘ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ’

अझै जाली, फटाहा कुरा गर्ने हो भने यो समीकरण रहँदैन : विरोध खतिवडा
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि यतिबेला नेकपा एमालेको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेको छ । तर, गठबन्धन बनेको केही समयमा नै यसमा चिराहरु देखिन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको सरकार गठनमा देखिएको विवाद र अड्चनको परकम्पले संघको सत्ता पनि हल्लिने हो कि भन्ने आङ्कलन हुन थालेको छ । त्यसमाथि सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रुष्ट हुँदै बालुवाटार बैठक छाडेपछि राजनीतिले नयाँ मोड लिने हो कि भन्ने आशङ्का पनि उत्तिकै छ ।

अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको भेटलाई वैकल्पिक गठबन्धनको होमवर्कका रूपमा अर्थ्याइएको छ । यसै सन्दर्भमा रातोपाटीका लागि रोहित दाहालले नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडासँग ‘वारपार’ कार्यक्रममा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

  • एकीकृत समाजवादी पार्टी राजनीतिक अस्थिरता निम्त्याउन किन लागि परेको ? 

-नेकपा एमालेका अध्यक्षका कारण यस्तो भ्रम सिर्जना भएको छ । 

पहिलो कुरा त यो वामपन्थी सरकार होइन । वाम बाहुल्य सरकार हो ।
  • हैसियतभन्दा बढी मागेपछि अस्थिरता भयो भन्ने छ ।

-नेकपा एमालेका ७६, नेपाली कांग्रेसका ८८, नेकपा माओवादीका ३२ सिटको जति ‘भ्यालु’ हो, हाम्रो पार्टीको १० सिटको पनि त्यत्ति नै ‘भ्यालु’ हो भन्ने बुझ्नु आवश्यक छ । यदि हैसियतभन्दा बढी माग्यो भन्ने लाग्छ भने आफैँले गरे भयो, हामी बाहिर बस्दिन्छौँ । तिमीसँग सँगै हिँड्दैनौँ भने भयो त । सँगै हिँडौँ भनेर घर गएर रुवावासी पनि गर्ने, पुराना गल्तीको रियलाइज पनि गर्ने अनि अहिले आएर बेइमान कुरा गर्ने ?

  • विचार मिल्ने दलहरूको सरकार बन्यो, राजनीतिले सही दिशा समायो, अब भविष्यमा वामपन्थी एकतासम्म हुन्छ भन्ने कुरो आइरहेको बेला तपाईंहरूको अनुदार बन्नुको कारण के ?

-पहिलो कुरा त यो वामपन्थी सरकार होइन । वाम बाहुल्य सरकार हो । अर्को कुरा यसअघि एमाले, माओवादीले हामीलाई दिएको धोका जान्दाजान्दै वाम एकता मै पुग्छ भने ठिक छ भनेर नै हामी यो गठबन्धनमा सहभागी भएका हौँ । गठबन्धन दलहरूबिच भएका सहमति हुबहु कार्यान्वयन गरेर जाने हो भने अझ पनि केही शङ्का नगरे हुन्छ, यो सरकार चारै वर्ष जान्छ । एकीकृत समाजवादीबाट कुनै धोका हुँदैन ।

  • बिग्रियो कहाँ त ?

तीनवटा प्रदेश नभई हुँदैन भनेर बार्गेनिङ गर्ने एमाले, दुईवटा नभई हुँदैन भन्ने माओवादी, जसपा र एसलाई एउटा दिने सहमति भयो । अनि आफूले प्राप्त गरिसकेपछि एसको भागमा परेकोलाई चाहिँ हुँदैन भनेर जाली, फटाहा कुरा गरेपछि बिग्रियो । यसरी धोका हुन थालेपछि अझै बिग्रिन्छ, यो समीकरण लामो समय जाँदैन । 

माधव नेपालसँग त प्रचण्ड र ओलीले भेट्ने आँट नै गर्न सकेनन् नि । डेढ महिनाअघि माधवको घरमा गएर रुवावासी गरेर केके भनेका थिए, त्यो त दिमागमा बस्छ नि ।
  • कसले दियो धोखा ?

-प्रचण्ड र केपी ओलीले सहमति तोडेपछि माधव नेपाल बैठक छाडेर हिँड्नुभयो । त्यसको दुई घण्टामै रुवाबासी भयो र झलनाथ खनाललाई बालुवाटार बोलाएर प्रचण्डले दिने सहमति गर्नुभयो ।

  • माधव नेपालसँग नभएर झलनाथसँग सहमति गरे प्रचण्डले, यो के कारण हो ?

-माधव नेपालसँग त प्रचण्ड र ओलीले भेट्ने आँट नै गर्न सकेनन् नि । डेढ महिनाअघि माधवको घरमा गएर रुवावासी गरेर केके भनेका थिए, त्यो त दिमागमा बस्छ नि । कहाँबाट भेट्ने आँट हुनु ? हामी कसैको भरिया बन्ने हो र ? 

  • एउटा मुख्य मन्त्रीका लागि यत्रो समीकरण नै सङ्कटमा पार्ने तपाईंहरूमा चाहिँ नैतिकता देखियो त ?

-वामपन्थी एकता गर्ने हो भने त्यसको पहल गर्ने त ठुलो पार्टीले होला, दोस्रो पार्टीले होला । त्याग गर्ने जिम्मा चाहिँ हाम्रो पार्टीको मात्र हो र ? एमाले, माओवादीले त्याग गरे हुन्न ? हामीले त समझदारी अनुसार काम गर भनेको मात्र हो ।

कमल थापालाई सूर्य चिन्हमा चुनाव लडाउने क्रान्तिकारी ?
  • एमाले अध्यक्षले त वामपन्थी एकता हुँदैन भन्दिसक्नुभयो ।

-एमाले चाहिँ कब्जा गर्ने खाने मात्र हो ? त्यसरी वाम एकता हुन्छ ? 

  • एमाले अध्यक्ष ओलीले भन्दिसक्नुभयो कि नेकपाको ब्यानर राखेर एकीकृत समाजवादीले दक्षिणपन्थीको सेवा गर्‍यो, कुरा त्यही हो ?

-नियतमा, आचरणमा बेइमानी, व्यवहारमा बेइमानी भनेकै यही हो । धोका दिने, अस्थिरता निम्त्याउने सबै उनीहरूले गर्ने अनि आरोप हामीलाई लगाउने ? १५ मिनेट अगाडि क्रान्तिकारी, १५ मिनटपछाडि अवसरवादी देख्ने हुन्छ ? केपी ओली त सुरुदेखि नै दक्षिणपन्थी, वाम एकता विरोधी हुन् । कमल थापालाई सूर्य चिन्हमा चुनाव लडाउने क्रान्तिकारी ?

  • यसको मतलब तपाईंहरू एमालेबाहेकको गठबन्धन चाहँदै हुनुहुन्छ ?

-हामी हिजो जुन गठबन्धनमा थियौँ, त्यहाँ पनि इमानदार थियौँ । तर प्रचण्डले बेइमानी गरे । अहिले आएर बढी प्रतिशत केपी ओली र कम प्रतिशतमा प्रचण्ड बेइमान गर्दै छन् । आफू प्रधानमन्त्री बन्न मन्त्री बनाउन साथ खोज्ने, तीनवटा मुख्य मन्त्री बनाउन साथ खोज्ने, जब त्यो प्रक्रिया सकिन्छ अनि साथ नखोज्ने ? त्यो हो भने पनि भने हुन्छ नि त । हामी प्रतिपक्षमै बस्छौँ । हिम्मत छ भने छाडेर अघि बढे हुन्छ नि त ।

  • सरकार छाड्न त तपाईंहरूलाई कसले रोकेको छ र ?

-वाामहरु एक ठाउँमा आइदिउन् भन्ने जुन जनचाहना विपरीत माधव नेपाल गए भन्ने आरोप आउँथ्यो । केपी, प्रचण्ड घरमै गएर भन्दा पनि माधव नेपालले मानेनन् भन्ने सन्देश नजाओस् भनेर यिनीहरू बेइमान हुन् भन्ने जान्दाजान्दै पनि हामी सहभागी भएका हौँ ।

झिके भइगयो त, घरघरमा किन रुवावासी गर्दै किन गएर किन प्रधानमन्त्री किन मागेको त ? हामीलाई छाडेर गए भने भइगयो त ।
  • एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएकै थिएन भन्ने ओलीको भनाइ छ । 

-यही दोहोरो चरित्र नै मलाई असजिलो लाग्ने कुरा हो ।

  • कतिलाई कति दिनु अब मेरो काँध गलिसक्यो भन्न थाल्नुभएको छ रे त प्रचण्ड ।

-उनले चाहिँ कति मागेको नि ? झिके भइगयो त, घरघरमा किन रुवावासी गर्दै किन गएर किन प्रधानमन्त्री किन मागेको त ? हामीलाई छाडेर गए भने भइगयो त ।

  •  एमाले र एसमाजवादीबिच एकता हुन्छ कि भन्ने थियो, त्यो टरेको हो अब ?

-त्यो बाहिरी गफ मात्र हो । हाम्रो पार्टी बनेकै मितिदेखि नै ओलीले वामपन्थी एकता हुँदैन भन्दै आएका छन् त । ओलीको यो आचरण रहुञ्जेल पार्टी एकता हुँदैन । ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ ।

  • तपाईं केपी ओलीप्रति किन यति अनुदार बन्नुभएको ?

-ओली मप्रति पनि त अनुदार छन् नि । हाम्रो पार्टी र अध्यक्षप्रति कति अनुदार छन् नि ।

आफूले पाप गरेपछि डरले लगलग काम्नु परिगो नि । इमान गरेको भए डराउनुपर्थ्यो त ?

सुदूरपश्चिममा तपाईंहरूले अगाडि सार्नुभएको व्यक्ति विवादास्पद भए त्यस कारण सहयोग गर्न  सकिँदैन भन्ने एमालेको भनाई थियो ।

-हामीलाई पनि हिकमत कार्की र खगराज अधिकारी मान्य हुँदैन हामी भोट हाल्न सक्दैनौँ । तिनलाई नफेरेसम्म हामी भोट हाल्दैनौँ । अर्कोको पार्टीसँग सूँड घुसाउने अनि झगडा पार्ने काम गराउने ?

  • माधव नेपाल प्रधानमन्त्री बन्ने सपनाचाहिँ अब पूरा नहुने भयो होइन ?

-मुख्यमन्त्रीमा त डाह गर्नेले माधव नेपाललाई प्रधानमन्त्री बनाउलान् त ?

  • माधव नेपाल र शेरबहादुर देउवाबिचको बारम्बारको भेटले शङ्का उब्जाएको छ । भेट केको लागि हो ?

-आफूले पाप गरेपछि डरले लगलग काम्नु परिगो नि । इमान गरेको भए डराउनुपर्थ्यो त ? हिजो देउवालाई ओलीले कति पटक फोन गरे । देउवाले फोन उठाएको भए त ओली त लम्पसार पर्ने रहेछन् त ।

  • महाधिवेशनको मिति किन सार्नुभएको ?

-सदस्यता र दस्ताबेजलाई अन्तिम रूप दिन ढिलाइ हुँदा सरेको हो ।

  • नेतृत्वमा को आउने भन्ने विवादले सरेको हो कि ?

-को आउने भन्ने महाधिवेशनले नै टुङ्गो लगाउँछ । मेरो चाहिँ पदाधिकारीमा दाबी रहन्छ । 

  • गृहमन्त्री रवि लामिछानेको छानबिन गर्ने विषयमा तपाईंको पार्टीको धारणा के हो ? 

-छानबिन गर्नुपर्छ । सबै प्रमाण देखिएको छ । छानबिन समिति बनाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया