मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सांसद शर्माको नेतृत्वमा हुम्लामा निःशुल्क स्वास्थ्य शिविर

बुधबार, १९ वैशाख २०८१, १५ : ००
बुधबार, १९ वैशाख २०८१

हुम्ला । संघीय सांसद डा. सुनिल कुमार शर्माले विशेषज्ञ चिकित्सकको टोलीसहित हुम्लाको सार्केगाड गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा वैशाख १७ सम्पन्न शिविरमा १७ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र उपचार भएको हो ।

काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले शिविरमा आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा १४७ जना बिरामीलाई शल्यक्रिया सहितको थप उपचारको लागि रिफर गरिएको छ । रिफर गरिएका बिरामीहरूको काठमाडौँ मेडिकल कलेजमा शल्यक्रिया सहित उपचार सेवा निःशुल्क गरिने सांसद डा. शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप