सांसद शर्माको नेतृत्वमा हुम्लामा निःशुल्क स्वास्थ्य शिविर
बुधबार, १९ वैशाख २०८१, १५ : ००
हुम्ला । संघीय सांसद डा. सुनिल कुमार शर्माले विशेषज्ञ चिकित्सकको टोलीसहित हुम्लाको सार्केगाड गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा वैशाख १७ सम्पन्न शिविरमा १७ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र उपचार भएको हो ।
काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले शिविरमा आउने बिरामीहरूको स्वास्थ्य परीक्षणको क्रममा १४७ जना बिरामीलाई शल्यक्रिया सहितको थप उपचारको लागि रिफर गरिएको छ । रिफर गरिएका बिरामीहरूको काठमाडौँ मेडिकल कलेजमा शल्यक्रिया सहित उपचार सेवा निःशुल्क गरिने सांसद डा. शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण