हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग
हुम्ला । जिल्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ । तिब्बत सरकारले अनुदानस्वरुप एक हजार क्विन्टल चामल तथा सोही परिमाणमा मैदाका साथै ‘सोलार प्यानल’ प्रदान गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।
प्राप्त सहयोग सबै वडाका विपन्न वर्गलाई बाँडिने जानकारी दिँदै उनले सोलार प्यानल वडाका विद्यालयमा जडान गरिने बताए । तिब्बतबाट प्राप्त सहयोग हिल्सा नाकामा आइपुगेको र ती सामग्री शीघ्र गाउँ ल्याइने लामाले बताए ।
बजारको अनुगमन
हुम्ला जिल्ला उद्योग वाणिज्य सङ्घले वैशाख ४ गतेको निर्णयअनुसार स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी नेतृत्वको टोलीमा सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशीला रोकाया, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीलगायत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण