प्रमाणपत्र लिँदै सुहाङको वाचा, ‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’
इलाम । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । मंगलबार इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र दिएका हुन् ।
प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु । मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, उनले भने ।
उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण