सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रायोजनको लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री माननीय दीर्घ बहादुर सोडारीज्यूबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको हुँदा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मिति २०८१ वैशाख २१ गते शुक्रबारका दिन प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक व्यवस्थापन गरिदिन हुन भनी च.नं.९०, मिति २०८१।०१।१८ गतेको पत्रबाट लेखि आएको हुँदा मिति २०८१ वैशाख २१ गते शुक्रबार अपराह्न ५ः०० बजे सोही प्रयोजनका लागि प्रदेश सभाको बैठक बस्ने ब्यहोरा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरूको जानकारीको लागि अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण