बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा बचत खातामा वीमा दावी भुक्तानी

मङ्गलबार, १७ चैत २०७७, १२ : ५१
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं ।  एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमान्यलाई स्वास्थ्य वीमा बापत बिमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा अमात्यलाई स्वास्थ्य बीमा वापतको रकमको चेक हस्तान्तरण गरेकी  हुन् ।

बैंकको उक्त खाता योजनामा शून्य मौज्दातमै खाता खोल्न सकिने, नेपालभर पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाख सम्मको दुर्घटना वीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार वीमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले शिखर इन्स्योरेन्समार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखासहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पुर्याउँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप