सुतली बम पड्काएर सिराहामा लुटपाट
वीरगन्ज । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले हरिचोकमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ ।
लहान नगरपालिका –१७ हरिचोकमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए ।
उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो ।
अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र अन्य सामान लुटेर भागेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् ।
हतियारधारी समूह भारतीय रहेको प्रहरीले जनाएको छ । घटनापश्चात् लुटेरा समूहको खोजीमा तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
लुटपाट गर्न पड्काइएको बमको छर्रा लागेर ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण