आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

बलात्कार प्रकरणमा सन्दीप लामिछानेको दाबी : घटना घटेको होइन, घटाइएको हो

मङ्गलबार, २५ वैशाख २०८१, २० : ४५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा  राख्दै उनले घटना घटेको नभई कसैबाट घटाइएको जिकिर गरेका छन् ।

उनले  भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’

आफू दोषी प्रमाणित भए फाँसीमा चढाए पनि हुने लामिछानेको भनाइ छ। ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन। तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ’, उनको भनाइ छ । 

लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनले सामाजिक अभियन्ता र आफूमाथि खनिइरहेकाहरूप्रति समेत कटाक्ष गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप