सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको पार्टी

मङ्गलबार, ०१ जेठ २०८१, १४ : ५६
मङ्गलबार, ०१ जेठ २०८१

विराटनगर । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् । 

जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मङ्गलवार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।

लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् । उनी कोशी प्रदेशको दुई पटक स्वास्थ्य मन्त्री भएकी थिइन् । 

हिक्मत कार्कीको नेतृत्वमा सरकार भएको बेला लिम्बु स्वास्थ्य मन्त्री भएकी थिइन् । त्यसपछि २०८० साउन २६ गते दोस्रो पटक स्वास्थ्य मन्त्री भएकी थिइन । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा सरकार हुँदा उनी स्वास्थ्य मन्त्री भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप