व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
पोखरा । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ । मंगलबार कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणनाको आदेश दिएको हो । एमालेको साथ लिएर मेयरमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले २०७९ जेठ १२ गते पुनः मतगणनाको माग सहित रिट दिएका थिए ।
निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ र वैकुण्ठनाथ न्यौपानेलाई विपक्षी बनाइ रिट दायर गरिएको थियो । भोलिपल्टै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो । तर, यसबिचमा कहिले हेर्न नभ्याइने भएर पेसी सरेको थियो भने कहिले प्रत्यर्थी त कहिले विपक्षीबाट पेसी सार्दै आइएको थियो । उक्त रिटमा ३६ पटक पेसी सरेपछि अन्तत: जोशीको पक्षमा आदेश आएको हो ।
व्यासको चुनावमा निकै रस्साकस्सी थियो । मत परिणाम अनुसार नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपानेले जोशीलाई २ सय ५२ मत अन्तरले पराजित गरेका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।
जोशी काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । जोशी परिवार तनहुँमा कांग्रेसविरुद्ध उभिँदै आएको छ । त्यसैले स्थानीय निर्वाचनमा जोशीलाई एमालेले समर्थन गरेको थियो ।
सुरुमा दीपकले मेयरको उम्मेदवार बन्नका लागि कांग्रेसमै आवेदन दिएका थिए । तर उनको निवेदन कांग्रेसले हटाएपछि उनी एमालेसँग मिलेर चुनाव लडे ।
व्यास नगरपालिका वडा नम्बर ८ मा मतदानका समयमा मतपत्र च्यातिएपछि पुनः मतदान भएको थियो । पहिलो चरणको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गराएको थियो ।
सोही ठाउँमा जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए । यद्यपि तत्कालीन समयमा आएको मतपरिणाम खासै उलटफेर नहुने त्यहाँका जानकारहरू बताउँछन् ।
‘नतिजा तलमाथि हुने अवस्था छैन । केही भोट तलमाथि हुन सक्छ । तर उल्टिने सम्भावना छैन,’ जानेबुझेकाहरु भन्छन्, ‘गणनामा केही मानवीय त्रुटी हुन सक्छ । तर ठुलै परिवर्तन हुने सम्भावना छैन ।’
मतगणना चलिरहेको अवस्थामा पूरा नहुँदै एमाले र स्वतन्त्र उम्मेदवार जोशीका एजेन्टहरू निस्किएका थिए । यता जोशी घाइते भएर काठमाडौँमा उपचार गराइरहेका थिए । मतगणनामा नै धाँधली भएको उनले आरोप लगाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण