आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हत्या गरी फरार पूर्व सैनिक आले पक्राउ

आइतबार, २३ वैशाख २०८१, १८ : ३९
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । करिब २० वर्षअघि एक व्यक्तिको हत्या गरी फरार भएका शङ्कर आलेलाई पक्रन नेपाल प्रहरी सफल भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ४७ वर्षीय आलेलाई नवलपरासीको देवचुली नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार तत्कालीन शाही नेपाली सेनाको श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुरमा कार्यरत रहेका आलेसमेतका व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारण मकवानपुरको साबिक मार्खु गाविस–४ बस्ने पूर्णबहादुर विष्टलाई कुटपिट गरेर मारेका थिए । विष्टको शव २०६१ साल कात्तिक ३० गते मार्खु र चित्लाङको दोसाँधमा फेला परेको थियो ।

२०७२ साल वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले ओलेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरेको थियो । हालसम्म फरार रहेका आलेलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको उपरीक्षक बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप