हत्या गरी फरार पूर्व सैनिक आले पक्राउ
काठमाडौँ । करिब २० वर्षअघि एक व्यक्तिको हत्या गरी फरार भएका शङ्कर आलेलाई पक्रन नेपाल प्रहरी सफल भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ४७ वर्षीय आलेलाई नवलपरासीको देवचुली नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार तत्कालीन शाही नेपाली सेनाको श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुरमा कार्यरत रहेका आलेसमेतका व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारण मकवानपुरको साबिक मार्खु गाविस–४ बस्ने पूर्णबहादुर विष्टलाई कुटपिट गरेर मारेका थिए । विष्टको शव २०६१ साल कात्तिक ३० गते मार्खु र चित्लाङको दोसाँधमा फेला परेको थियो ।
२०७२ साल वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले ओलेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरेको थियो । हालसम्म फरार रहेका आलेलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको उपरीक्षक बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण