कृत्रिम आँखा राखेपछि के भन्छिन् गायिका मेनुका ?
काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेकी छन् । उनले आइतबार तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी हुन् ।
कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनले बताइन् । एक आँखामा मात्र अहिले कृत्रिम आँखा राखिएको छ । अर्को आँखामा ६ हप्तापछि राखिनेछ । एउटा आँखामा भित्र डल्लो पलाएको कारण अहिले त्यो आँखाको अपरेसन गरेर डल्लो निकालिएको छ । ६ सातापछि त्यसमा पनि आइबल राख्ने मेनुकाले जानकारी दिइन् ।
‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ’, मेनुकाले भनिन्,‘दुबैमा राखेपछि कालो चस्मा लगाउनुपर्दैन ।’ मानिसलाई हेरिरहेको जस्तो देखिएपनि आफूले भने देख्न नसक्ने उनले खुलाइन् ।
‘मैले भारतमै यो अपरेसन गर्ने प्लान गरेको थिए । भारतमा यो सेवा उपलब्ध छ भने नेपालमा पनि होला भनेर युके जानु अगाडि तिलगांगा गएको थिए’, उनले थपिन्, ‘युकेबाट फर्किएपछि यसको अपरेसन गरे ।’
‘कतिको बुझाई मैले आँखा देख्ने भई भन्ने छ’, उनी भन्छिन्, ‘कतिपय बच्चाहरू दृष्टि विहीनसँग डराउँछन् ।’ ‘अहिले प्रविधिको जमाना हो । आँखा नदेखेपनि आँखा देख्ने जस्तो हुन त पाइयो नि ?’ उनले थपिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण