समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् ।
‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, बुधबार रातोपाटीसँग उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरी निर्वाचन अयोगमा नयाँ दल दर्ता गराएका थिए ।
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका यादवले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए । तर अशोक समूहले सकारमाथि दबाब बढाएपछि वैशाख ३१ गते यादव समूह सरकारबाट बाहिरिनुको साथै समर्थन फिर्ता लिएको थियो । गठन भएको एक वर्ष नपुग्दै मोर्चा संकटमा फसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह