समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । पार्टी विभाजनपछि प्रतिपक्षमा पुगेका बेला मोर्चाको औचित्य सकिएको बताएका हुन् ।
‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ’, बुधबार रातोपाटीसँग उनले भने । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरी निर्वाचन अयोगमा नयाँ दल दर्ता गराएका थिए ।
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका यादवले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए । तर अशोक समूहले सकारमाथि दबाब बढाएपछि वैशाख ३१ गते यादव समूह सरकारबाट बाहिरिनुको साथै समर्थन फिर्ता लिएको थियो । गठन भएको एक वर्ष नपुग्दै मोर्चा संकटमा फसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण