नीति तथा कार्यक्रम
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा छुट्यो हाँसोको फोहरा
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ३४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा संसद् बैठकमा हाँसोको फोहोरा छुटेको छ । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्बन्धी बुँदा राष्ट्रपति पौडेलले वाचन गर्दा सांसदहरूले हाँस्दै ठट्टा गरेका हुन् ।
कार्यक्रममा महिलालाई आर्थिक रूपमा सक्षम सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने भन्ने उल्लेख थियो । राष्ट्रपतिले यो बुँदा वाचन गर्ने बित्तिकै सबै हाँस्न सुरु गरेका थिए ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि हाँसो रोक्न सकेनन् । वास्तवमा प्रधानमन्त्री प्रचण्ड आफ्ना छोरीहरूसँग निकै नजिक रहेका छन् । बेलाबेला उनीमाथि नातावादको आरोप पनि लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव