नीति तथा कार्यक्रम
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा छुट्यो हाँसोको फोहरा
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा संसद् बैठकमा हाँसोको फोहोरा छुटेको छ । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्बन्धी बुँदा राष्ट्रपति पौडेलले वाचन गर्दा सांसदहरूले हाँस्दै ठट्टा गरेका हुन् ।
कार्यक्रममा महिलालाई आर्थिक रूपमा सक्षम सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने भन्ने उल्लेख थियो । राष्ट्रपतिले यो बुँदा वाचन गर्ने बित्तिकै सबै हाँस्न सुरु गरेका थिए ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि हाँसो रोक्न सकेनन् । वास्तवमा प्रधानमन्त्री प्रचण्ड आफ्ना छोरीहरूसँग निकै नजिक रहेका छन् । बेलाबेला उनीमाथि नातावादको आरोप पनि लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण