बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुटुमा कुटु’ मा विक्रम र बिनाको रोमान्स

आइतबार, १४ फागुन २०७९

काठमाडौँ । गायक तथा संगीतकार विक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’ सार्वजनिक भएको छ । कालिकोटेको स्वर तथा संगीत रहेको गीतमा किरण माइकलको शब्द रहेको छ ।

पप आधुनिक शैलीको गीतमा रुचि राख्ने विक्रमले यसअघि पाँच दर्जन बढी गीतमा स्वर दिएका छन् । संगीतको हिसाबमा रोमान्टिक गीतका शब्द भने भावुक छन् । 

गीतको भिडियोमा प्रेममा हुने सानातिना गल्तीहरूलाई लिएर समस्या उत्पन्न गर्नु हुँदैन भन्ने समेटिएको छ । गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका हुन् । भिडियोमा विक्रमले मोडल बिना राउतसँग रोमान्स गरेका छन् । दिनेश पराजुलीको छायाङ्कन तथा सञ्जय अधिकारीले सम्पादन भिडियोमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया