पोखरामा प्रहरीले बनाउन लागेको पेट्रोलपम्प निर्माण अदालतले रोक्यो
पोखरा । पोखरा सहिदचोकमा नेपाल प्रहरीले निर्माण थालेको पेट्रोलपम्प निर्माणको काम अदालतले रोकेको छ । मंगलबार उच्च अदालत पोखराले निर्माण रोक्न अन्तरिम आदेश दिएको हो ।
नागरिक अगुवा रामबहादुर पौडेलसहितका व्यक्तिहरुले पेट्रोलपम्प बनाउन लागेको ठाउँ संवेदनशील भएकोले रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो । ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगा नलाग्दासम्म निवेदनमा उल्लेखित पेट्रोलपम्प निर्माणको कार्य यथास्थितिमा राखी उक्त निर्माण कार्य तत्काल अगाडि नबढाउनू, अगाडि बढ्न नलगाउनू,’ आदेशमा भनिएको छ ।
प्रहरी कार्यालयको नाममा रहेको जग्गामा पेट्रोलपम्प निर्माणले भविष्यमा कुनै पनि दुर्घटना घट्न गएमा ठुलो धनजनको क्षति हुन सक्ने निवेदकहरुले तर्क गरेका थिए । सो क्षेत्रमा प्रहरीले पेट्रोलपम्प निर्माणका लागि जग खनेर पिल्लर समेत ठड्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण