सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन् । रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानसेनापति सिग्देलले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू अवस्थित रहेको भन्दै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए । उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबिच युद्ध जारी रहेको बताए । संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भएपनि सुरक्षित रहेको उनले बताए ।
उनले भने, ‘५२ जना सिरियामा छन् । १३२९ जनाको फौज शान्ति सेनामा छ । १३२९ जनामध्ये अहिले अलिकति अप्ठ्यारो स्थितिमा रहेका सैनिकहरू भनेको केही मात्रै छन् । उनीहरूको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाइँ भइरहेको ठाउँ हो । उनीहरू द्वन्द्वको बिचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरू पूर्णतया सुरक्षित छन् ।’
प्रधानसेनापति सिग्देलले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अप्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण