काठमाडौँ । गत असोज १२ र १३ गते आएको बाढीले काठमाडौँको अव्यवस्थित सहरीकरणको बहस त छेड्यो नै साथसाथै यसले हामीलाई ऐना पनि देखाएर गएको छ ।
_2xINMIvrPq.jpg)
तर काठमाडौँको सभ्यताको रूपमा चिनिएको बागमती र यसका विभिन्न सहायक नदीको प्रदूषणको बारेमा केही पहल हुन सकेको छैन । खोला बगेसंगै मानिसहरूले आफ्नो दिनचर्या सामान्य बनाउने प्रयास गर्दागर्दै यो कुरालाई नजरअन्दाज गर्दै गएका छन् ।
_K2ccM0I0dI.jpg)
झन्डै चार हप्ता बितिसक्दा पनि खोला किनारमा बाढीले बगाएर ल्याएका फोहोरहरू अझै पनि असरल्ल छन् । बर्खामा खोलामा पानीको सतह बढ्दा ढलहरू नदेखिए पनि यसमा प्लास्टिक र अन्य नकुहिने फोहोरको मात्रा बढी नै रहेको देखिन्छ ।
_BfiYuIZml9.jpg)
यी खोलामा दैनिक कति फोहोर मिसिन्छन् र ती मध्ये नकुहिने प्लास्टिकजन्य फोहोर फालिन्छन् भन्ने यकिन तथ्याङ्क सजिलै पाइन्न तर बाढी पछि खोला किनारमा अल्झिने फोहोरले मात्रा बढी रहेको देखाउँछ ।
_ZhrZMcH0E1.jpg)
भारी वर्षाका कारण हुने गरेको डुबानका समयमा यत्रतत्र फालिएका फोहोर र प्लास्टिक बगेर खोलामै मिसिने गरेका छन् । भारी वर्षासँग डुबानको सामना गरेको बागमती किनारमा अहिले फोहोर यत्रतत्र छरिएका छन् । करिडोरमा बनाइएका विभिन्न संरचनामा अहिले फोहोर विशेषतः प्लास्टिक र अन्य नकुहिने फोहोर यत्तिकै छन् ।
_7ylDyjTbz0.jpg)
समय समयमा प्रकृतिले हामीलाई सन्देश दिन खोजे पनि हामीले त्यो सन्देशलाई आत्मसात् गर्न नसकेको प्रस्ट हुन्छ । यता ललितपुर नगरपालिकाले यही सप्ताहान्तदेखि सरसफाइ अभियान सुरु गर्ने घोषणा गरेको छ ।
_Nc8IDb2TUU.jpg)
_7edjbHw8y2.jpg)
_TvTABd9TX3.jpg)
_JPrBmPRGs8.jpg)
_2rH5bAH7TI.jpg)
_kqOsgmeyJ9.jpg)
_pZMgHRhw99.jpg)
_V6i05GcYTM.jpg)
_qtgnia0fTi.jpg)
_73cAOVAoqQ.jpg)
_7oOBdvzezR.jpg)
_tYWWyHBrsC.jpg)
_EXCvVfkDex.jpg)
_NaJfwdfi65.jpg)
_NUk6xgEzl2.jpg)
_1vHgdTDnQv.jpg)
_itAHDzR1xn.jpg)
_ijPxpVwHdJ.jpg)
_ONNi0g1Bvr.jpg)
_k4SFU8BGAf.jpg)
प्रतिक्रिया