बालिका बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
मङ्गलबार, ०६ कात्तिक २०८१, २० : ५२
हेटौंडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ । १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका–१४ बँदेलधापका एक जना पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको हो ।
अदालतले ३८ वर्षीय मीनबहादुर लोप्चनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको एकल इजलासले पीडितलाई ४० हजार क्षतिपूर्ति दिन समेत आदेश गरेको छ ।
बालिका बलात्कारको आरोपमा पक्राउ परेका लोप्चन हाल पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा रहेका छन् । उनलाई २ साउन २०८० मा बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । लोप्चनले बालिकालाई १ साउनमा दिदीको घरमा बोलाएर बलात्कार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण