कर्णालीमा यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु
सुर्खेत । कर्णालीमा यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । मंगलबार वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानमा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले खेल पूर्वाधार निर्माणमा नियमित सक्रिय भइरहेको बताए । खोला किनारमा गरिने खेल अभ्यासले कर्णालीको खेलाडीको चाहना प्रकट गरेको बताउँदै त्यसअनुसार खेल पूर्वाधार बनाउने तर्फ ध्यानाकर्षण भएको उनको भनाइ छ ।
खेल सम्बद्ध पदाधिकारीहरूले वार्षिक कार्ययोजना बनाई भौतिक संरचनाको उपयोग र खेल उत्पादन गर्नेतर्फ उन्मुख हुन भण्डारीले आग्रह गरे । उपलब्ध खेलमैदानलाई अन्तर्राष्ट्रिय स्तरको संरचना बनाउनका लागि समन्वयकारी भूमिका रहने पनि उनको भनाइ छ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले क्रिकेटको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तयारी हुने बताए ।
नेपाल क्रिक्रेट संघ कर्णाली प्रदेश अध्यक्ष पदम खड्काले भौतिक पूर्वाधार निर्माणमा सुधार भइरहेको अवस्थालाई जानकारी गराउँदै सरकारलाई धन्यवाद ज्ञापन गरे । खेलकुदको विकास एकल प्रयासबाट सम्भव नहुने भन्दै सबैको सहकार्यका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण