पर्साबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको भन्सार छलीको बदाम बरामद
सोमबार, ०५ कात्तिक २०८१, १७ : १२
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ ।
प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको हाडे बदाम बरामद गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार परवानीपुर चोकबाट प्रहरीले मधेस प्रदेशको ०३००१ ख ७६७३ नम्बरको ट्रकबाट विल विजक भन्दा बढीको ‘अल्मन्डस’ नियन्त्रणमा लिएको थियो ।
वास्तविक कागजात नभेटिएपछि थप अनुसन्धानको लागि ट्रकसहित हाडे बदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद बदामसहितको ट्रक थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण