रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद
मङ्गलबार, ०६ कात्तिक २०८१, १६ : २१
बुटवल । रुपन्देहीमा अवैध रूपमा ल्याइएका ३० वटा आइफोन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट आइफोनसहितका सामान बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको अवस्था मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जित सिह राठौरले बताए ।
बरामद गरिएका सामानहरूमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन, बुकी पेपर चार बोरा, फूलका बिरुवाहरू ७० केजी रहेको उनले बताए ।
बरामद सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण