आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोलसहित एकजना पक्राउ

शुक्रबार, २२ चैत २०७५, २० : २३
शुक्रबार, २२ चैत २०७५

सप्तरी । जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ वर्षीयरमेश कुमार मण्डल छन् । 

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले आज पक्राउ गरेको हो ।

भारततर्फ पैदल जाँदै गरेका निज मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप