एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
शनिबार, ०५ जेठ २०८१, २३ : ०८
बाँके । बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार सुरु भएको नवौँ अधिवेशनअन्तर्गत शनिवार साँझ अबेर उम्मेदवारी दर्ता भएको हो ।
बाँकेमा अध्यक्षको लागि निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, निवर्तमान उपाध्यक्ष डिल्ली बिसीले उम्मेदवारी दिएका छन् । गुरुङ नेकपाकालमा अध्यक्ष बनेका थिए ।
त्यसैगरी उपाध्यक्षमा रत्न खत्री, रवीन्द्र लम्साल, सुमन मल्ल, इन्द्रबहादुर थापाको उम्मेदवारी परेको छ । सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालले उम्मेदवारी दिएका छन् । उपसचिवमा भने ९ जनाको उम्मेदवारी परेको छ । आइतबार बिहान ९ बजेदेखि निर्वाचन गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण