एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
शनिबार, ०५ जेठ २०८१, २३ : ०८

बाँके । बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार सुरु भएको नवौँ अधिवेशनअन्तर्गत शनिवार साँझ अबेर उम्मेदवारी दर्ता भएको हो ।
बाँकेमा अध्यक्षको लागि निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, निवर्तमान उपाध्यक्ष डिल्ली बिसीले उम्मेदवारी दिएका छन् । गुरुङ नेकपाकालमा अध्यक्ष बनेका थिए ।
त्यसैगरी उपाध्यक्षमा रत्न खत्री, रवीन्द्र लम्साल, सुमन मल्ल, इन्द्रबहादुर थापाको उम्मेदवारी परेको छ । सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालले उम्मेदवारी दिएका छन् । उपसचिवमा भने ९ जनाको उम्मेदवारी परेको छ । आइतबार बिहान ९ बजेदेखि निर्वाचन गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ