सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

बुधबार, २६ वैशाख २०८१, २० : २२
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 

‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।  

आफूमाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने उनको भनाइ छ । ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ’,खड्काले भनेका छन्,‘यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप