अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली
वीरगन्ज । पर्सा एमाले पदाधिकारीको शपथ ग्रहण तथा अन्य कार्यक्रममा सहभागी हुन पर्सा आइपुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले अभियुक्त बनाएको व्यक्तिको गाडीमा यात्रा गर्न पुगेका छन् । शुक्रबार पर्सा आइपुगेका एमाले अध्यक्ष ओलीलाई सरकारले अभियुक्त करार गरेका नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीले आतिथ्य गरेका हुन् ।
पर्सामा बसुन्जेल अध्यक्ष ओलीले मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अन्सारी एवम उनका छोरा एमडी अन्सारी चढ्ने बा १६ च ७८६ नम्बरको ‘ल्याण्डक्रुजर’ गाडी प्रयोग गरेका थिए । अध्यक्ष ओलीले मेडिकल व्यवसायी अन्सारीका परिवारसँग पनि भेटघाट गरेका थिए । यसको तस्बिरमाथि अहिले सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठाइएको छ ।

कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) शाहनवाज अन्सारीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दामा अनुसन्धान चलिरहेको छ । कलेजको ल्याबबाट म्याद नाघेको केमिकलसहित एमडी अन्सारीलाई गत २६ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि मुद्दा दर्ता भएर अनुसन्धान गर्न पहिलोपटक २ दिनको म्याद अदालतबाट थप भएको थियो । २ दिनको अवधिमा अनुसन्धान नसकिएको भन्दै पुनः प्रहरीले ५ दिनको म्याद थप गरेको थियो । यसरी दोस्रोपटक म्याद थप भएकै दिन अन्सारी त्यही दिन राति साढे ११ बजे हाजिरजमानीमा छुटेका थिए ।
हाजिरजमानीमा छुटे पनि उनको मुद्दा भने अझै अनुसन्धानकै क्रममा रहेको पर्सा प्रहरी बताउँछ । पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले मेडिकल कलेजका एमडी अन्सारी अहिले पनि सरकारी अभियुक्त रहेको बताए । उनले भने, ‘त्यो बेला सरकारी वकिलको कार्यालय सहमति माग्यो, अनि हामी त्यही अनुसार हाजिरजमानीमा तारिखमा रिहा ग¥यौं । तर त्यो भने उसले सफाइ पाएको होइन, ऊ अझै पनि अभियुक्त नै छ ।’ उनका अनुसार प्रहरीले अझै पनि उनीमाथि अनुसन्धान गरिरहेको छ ।
‘विवादित व्यक्तिको गाडी अध्यक्ष ओलीले किन चढेको ?’ भन्दै एमाले पर्साका सांसद प्रभु हजरासँग सोधिएको प्रश्नमा उनले भने, ‘कलेज अध्यक्ष डा.अन्सारी हाम्रो पार्टीको हुनुहुन्छ । उहाँको सुविधासम्पन्न गाडी छ । सोही कारण हामीले उहाँको गाडी प्रयोग गरेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण