इटहरीमा युवकको हत्या, एकजना पक्राउ
आइतबार, ०६ जेठ २०८१, १३ : ४४
सुनसरी । इटहरीमा एक जना युवकको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भीम भन्ने राम कुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही उपमहानगरपालिका-७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गर्न सफल भएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण