सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
शनिबार, ०५ जेठ २०८१, २१ : ०३
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा जन्मिएका शाहीले त्रिभुवन विश्वविद्यालयको ल क्याम्पसबाट बीएलसम्मको अध्ययन गरेका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया कफी विकास बोर्डको कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेका शाही विसं २०६२ देखि कानुनी पेसामा आबद्ध छन् ।
प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज प्रदेश प्रमुख मियाँको उपस्थितिमा नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीलाई उच्च अदालत दीपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण