पतञ्जलीको सोन पापडी खान असुरक्षित

उत्तरखन्ड । भारतीय योगगुरु बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलीले बनाएको सोन पापडी खानको लागि असुरक्षित पाइएको छ ।
उत्तरखन्ड राज्यको पिथौरागढको मुख्य न्यायिक मजिस्ट्रेट सञ्जय सिंहको अदालतले पतञ्जली आयुर्वेद लिमिटेड कम्पनीका सहायक महाप्रबन्धक (एजीएम), वितरक कान्हाजी प्राइभेट लिमिटेडका सहायक प्रबन्धक र एक व्यापारीलाई असुरक्षित सोन पापडी विक्री गरेको मामिलामा ६–६ महिना कैद सजाय सुनाएको छ । अदालतले तीनै जनालाई ४० हजार जरिवाना तिर्न आदेश पनि दिएको छ । जरिवाना नतिरेमा दोषीहरूले थप कैद सजाय भोग्नु पर्ने बताइएको छ ।
भारतको खाद्य सुरक्षा विभागले सन् २०१९ को अक्टोबर १७ मा बेडिनागबाट अलैंची सोन पापडीको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । जाँचको क्रममा सोन पापडीको ती नमुना असुरक्षित पाइएको छ । राज्यको प्रयोगशालाको परीक्षणबाट आएको प्रतिवेदनमा चित्त नबुझेपछि पतञ्जलीले नमुना परीक्षणका लागि गाजियाबादस्थित रेफरल ल्याबमा पठाएको थियो । यहाँ पनि नमुना असुरक्षित नै पाइयो । त्यसपछि खाद्य सुरक्षा विभागले सन् २०२१ को जुलाई २८ मा मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु