पतञ्जलीको सोन पापडी खान असुरक्षित
उत्तरखन्ड । भारतीय योगगुरु बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलीले बनाएको सोन पापडी खानको लागि असुरक्षित पाइएको छ ।
उत्तरखन्ड राज्यको पिथौरागढको मुख्य न्यायिक मजिस्ट्रेट सञ्जय सिंहको अदालतले पतञ्जली आयुर्वेद लिमिटेड कम्पनीका सहायक महाप्रबन्धक (एजीएम), वितरक कान्हाजी प्राइभेट लिमिटेडका सहायक प्रबन्धक र एक व्यापारीलाई असुरक्षित सोन पापडी विक्री गरेको मामिलामा ६–६ महिना कैद सजाय सुनाएको छ । अदालतले तीनै जनालाई ४० हजार जरिवाना तिर्न आदेश पनि दिएको छ । जरिवाना नतिरेमा दोषीहरूले थप कैद सजाय भोग्नु पर्ने बताइएको छ ।
भारतको खाद्य सुरक्षा विभागले सन् २०१९ को अक्टोबर १७ मा बेडिनागबाट अलैंची सोन पापडीको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । जाँचको क्रममा सोन पापडीको ती नमुना असुरक्षित पाइएको छ । राज्यको प्रयोगशालाको परीक्षणबाट आएको प्रतिवेदनमा चित्त नबुझेपछि पतञ्जलीले नमुना परीक्षणका लागि गाजियाबादस्थित रेफरल ल्याबमा पठाएको थियो । यहाँ पनि नमुना असुरक्षित नै पाइयो । त्यसपछि खाद्य सुरक्षा विभागले सन् २०२१ को जुलाई २८ मा मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण