सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
शनिबार, ०५ जेठ २०८१, १२ : ३४

सुर्खेत। नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । रास्वपा उपसभापति समेत रहेका अर्यालले आफ्नो सभापतिमाथि उठेको आरोप १०० प्रतिशत निराधार रहेको बताए ।
शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ । अहिले त्यही भइरहेको हो । आफूले रजाइँ गरिरहेकाहरूलाई हामी आएका प्रति मन परिरहेको छैन।’
आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हामीले सदनबाट जवाफ दिन्छौँ भन्दा मानिरहेका छैनन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने