पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने
वीरगन्ज । भारत विहारसँग सीमासँग जोडिएका पर्साका सीमा नाका दुई दिनसम्म बन्द हुने भएको छ । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा १२ जेठमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरी सीमा नाका बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै सीमा नाका बन्द रहने जानकारी गराएका छन् । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि गत फागुन ५ गते जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा अघि भारतसँग जोडिएका जिल्लाहरूको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० गतेदेखि १२ गतेसम्म सीमा नाका बन्द रहने जानकारी गराएको छ ।
बिहारको पश्चिम चम्पारण, बेतियाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै सीमा नाका बन्द गर्न अनुरोध गरेको थियो । सूचनामा १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म नाका बन्द रहने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण