एमाले भक्तपुरको अध्यक्षमा देउजा
आइतबार, ०६ जेठ २०८१, १६ : ०९
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन् । यसअघि पनि जिल्ला अध्यक्ष रहेका देउजाले दुई सय ९० मत प्राप्त गरे ।
उनका प्रत्याशी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गरे । अध्यक्षका प्रत्याशी श्रेष्ठ यसअघि जिल्ला कमिटी सचिव थिए ।
त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी भएका छन् । सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी भएका छन् ।
प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी कूल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए । त्यसमध्ये कूल चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमितिसमेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण