आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैंकको डाइरेक्टर

शुक्रबार, १० असोज २०७६, १८ : ४९
शुक्रबार, १० असोज २०७६

काठमाडौं– युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैंक इन्टरनेसनलको बोर्ड अफ डाइरेक्टरमा चुनिएका छन् । उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि डाइरेक्टर भइकेका छन् भने बैंकमा पहिलो पटक बैंकको डाइरेक्टरमा चुनिएका हुन् ।

उत्पादनमुलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैंक तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका थिए । खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति रहेको छ भने विभिन्न बैंक, बिमा कम्पनीमा पनि उनको लगानी छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेको पाण्डेलाई शुक्रबार बसेको साधारणसभाले उनलाई सिटिजन्स बैंकको डाइरेक्टरमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।

उत्पादनमुलक उद्योगबाट मात्रै देशको आर्थिक विकास हुने विश्वास लिएका पाण्डेले उत्पादनमुलक उद्योगलाई मात्रै बढावा दिँदै आएका छन् । उनी कसमस सिमेन्टमा डाइरेक्टर छन् । इस्टन कसमसमा पनि डाइरेक्टरकै भूमिकामा छन् ।

त्यसैगरी लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका डाइरक्टरकै छ । त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा पनि पाण्डे आवद्ध छन् । बैंक तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ । 

त्यसैगरी, फर्चुना ग्रुपमा पनि पाण्डे डाइरेक्ट छन् । फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गरिरहेको छ । इन्जिनियरीतर्फ (ब्याचलर अफ इन्जिनियरीङ) अध्यापन सकेका पाण्डे लामो समयदेखि उत्पादन मुलक उद्योगको प्रवद्र्धन र यही क्षेत्रको विकासमा लागेका छन् । 

एक वर्ष अघि मात्रै उनकै सक्रियतामा फर्मा प्याक उद्योग सञ्चालनमा ल्याएका छन् । देशभित्र ठूलो परिमाणमा औषधि प्याक गर्ने प्याकेजिङ सामग्री विदेशबाट आउने गरे पछि आयात प्रतिस्थापन गर्न उनले औषधिलाई आवश्यक पर्ने प्याकेजिङ सामग्री स्वदेशमै उत्पादन गर्न थालेका हुन् । 

हाल उनको उत्पादन नेपालमा रहेका विभिन्न औषधि उद्योगले लिइरहेका छन्, भने विदेशबाट आयात हुन समेत कम भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप