तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारलाई विभिन्न सुझावहरू पेश गरेको छ । संगठनले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ ।
केन्द्रीय समितिले सो कोष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्न र उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।
यस्तै कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले पाउने अन्य सुविधाबापत २० प्रतिशत रकम र विदेशी दातृ निकायबाट प्राप्त सहायता रकम समावेश गर्नुपर्ने उसको माग छ ।
संगठनले कल्याणकारी कोषबाट निजामती अस्पताललाई विस्तार गर्ने, बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, कर्मचारी सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने र कपडा उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । केन्द्रीय समितिले कर्मचारीको तलब समायोजन गर्न पनि सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि