तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारलाई विभिन्न सुझावहरू पेश गरेको छ । संगठनले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ ।
केन्द्रीय समितिले सो कोष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्न र उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।
यस्तै कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले पाउने अन्य सुविधाबापत २० प्रतिशत रकम र विदेशी दातृ निकायबाट प्राप्त सहायता रकम समावेश गर्नुपर्ने उसको माग छ ।
संगठनले कल्याणकारी कोषबाट निजामती अस्पताललाई विस्तार गर्ने, बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, कर्मचारी सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने र कपडा उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । केन्द्रीय समितिले कर्मचारीको तलब समायोजन गर्न पनि सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण